Pages

Monday, April 13, 2015

रह रत्न वा ऑैठी कसरी लगाउने

 ग्रहको औठी लगाउने समय भन्दा २४ घण्टा पहिले औठीलाइ नून पानीको घोलमा ३ मिनेट जति डुबाउने, यसले गर्दा औठी निर्मलीकरण र शुद्ध होस । त्यसपछि सफा पानीले धुने । सफा पानीले धोइसकेपछि एक चिया जस्तोे गिलासमा ५० मिली जति शुद्ध पानी, ५० मिली जति गाइको कॉचो दुध र थोरै गंगाजल त्यसमा मिलाउने । अब त्यो गिलासमा औठी डुबाउने र गिलासलाइ पुजा घरमा वा देउताको नजदिक वा नजिकको मन्दिरमा राख्ने । भोलिपल्ट बिहान सुर्य उदय भन्दा पहिले उठने, नित्यकर्म पछि नुहाउने र सुर्य उदय हुन बितिकै सुर्यलाइ जल अर्पण गरि कोठामा आइ पूर्व वा उत्तरतिर मुख फर्काइ बस्ने । एउटा केराको पात वा एक थाली अगाडी राख्ने अनि गिलासबाट औठी निकाली पानीले धोइ पातमा राख्ने । अब अगरबती बालेर सम्बन्धित ग्रह वा भगवानलाइ साक्षी भावले औठी लगाउदा आफनो कल्याण होस भनेर संकल्प गर्ने । पंचपुजाका गर्नका लागि अब सम्बन्धित ग्रहको मन्त्र जप्ने र प्रत्येक जप पश्चात औठीमा जल अर्पण गर्ने, प‘ाच चोटी । त्यसैगरी ग्रहको मन्त्र जप्ने र प्रत्येक जप पश्चात औठीमा फूल अर्पण गर्ने, प‘ाच चोटी । त्यसैगरी ग्रहको मन्त्र जप्ने र प्रत्येक जप पश्चात औठीमा फल अर्पण गर्ने, पाच चोटी । त्यसैगरी ग्रहको मन्त्र जप्ने र प्रत्येक जप पश्चात औठीमा अक्षत वा चावल अर्पण गर्ने, पाच चोटी । अन्त्यमा त्यसैगरी ग्रहको मन्त्र जप्ने र प्रत्येक जप पश्चात औठीमा चंदन अर्पण गर्ने, पाच चोटी । यसरी ग्रहको पंचपूजा भयो । अब पुन सम्बन्धित ग्रहको १० मिनेट जति मन्त्र जप गर्ने र भगवानसित पूजामा हुने भुलचुक माफी माग्दै र आफु प्रार्थना गर्दै औठी औलामा धारण गर्ने । त्यो दिन शाकाहारी बस्ने

No comments: